Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

चिनको सिमा नजीक भारतीय लडाकु विमान वेपत्ता



चीनका सीमा नजिकै पुगेको भारतीय वायु सेनाको लडाकू विमान सोमबारदेखि वेपत्ता भएको छ । विमानको खोजी कार्य जारी रहेपनि हालसम्म पत्ता लाग्न सकेको छैन ।
सो विमानको खोजीका लागि स्थल सेनाको समेत सहयोग लिइएको छ । भारतीय वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट वेपत्ता भएको थियो ।हराएको विमान आसामबाट अरुणाञ्चल प्रदेशमा रहेको मेनचुका तर्फ गएको थियो ।
खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एअरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चौपर र स्थल सेनाका आधुनिक हेलिकप्टर सामेल छन् ।
वायु सेनाका प्रवक्ताले रातभर अलग अलग टोलीले खोजी कार्य जारी राखेको जानकारी दिएका छन् । रक्षामन्त्री राजनाथ सिंहले एअरमार्शलका उपकमाण्डर राकेश सिंह भदौरियासँग खोजी अभियानबारे पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।
१३ जनासहित आसामको जोरहाटबाट उडान भरेको एएन–३२ विमानको ३५ मिनेटपछि टावरसँग सम्बन्ध बिच्छेद भएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्