केन्द्र सरकार मातहत राख्ने निर्णय पार्टीलाई जानकारी छैन : शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई नभएको जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सन्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए ।
कांग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पुर्याएको भन्दै यसअघि संघीय संसद अवरुद्ध गर्दै आएको थियो ।