Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया



प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ । काठमाडौंको बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले पौडेलको मुटुको सफल शल्यक्रिया गरेको हो । मुख्यमन्त्री पौडेल आइतबार अस्पताल भर्ना भएका थिए । मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएपछि मुख्यमन्त्री पौडेललाई अस्पताल भर्ना गरिएको थियो ।

मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । पौडेल अझै एक हप्ता अस्पतालमै रहनेछन् ।

केही समय पहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीन भ्रमणमा जाँदा मुख्यमन्त्री पौडेलेको स्वास्थ्य जाँच गरिएको थियो । त्यतिबेला उनको मुटुमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्