Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

अदालतको निर्णय पछि ‘भारत’ बुधबार नै रिलिज हुने



बुधबार जिल्ला अदालत काठमाडौंले सलमान खान अभिनित बलिउड चलचित्र ‘भारत’ लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश दिएको छ । अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ ।
यसअघि बोर्डले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । बोर्डको निर्णयविरुद्ध वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले रिट दायर गरेको थियो ।
अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत तुल्याएको छ ।
अदालतको आदेशपछि अब अन्य समयमा पनि शुक्रबारबाहेक दिनमा चलचित्र रिलिज हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्