

आफ्ना मागको सुनुवाई नभएको भन्दै सरकारविरुद्ध रोजगार व्यवसायी संघले आन्दोलनको घोषणा गरेपछि यसले विदेश जाने तयारीमा रहेका कामदारहरु प्रभावित भएका छन् । एक सातासम्म कामदार नउडाउने निर्णय गर्दै कामदार पठाउन छाडेपछि त्यसको प्रत्यक्ष मार रोजगारीका लागि विदेश जानेहरुमा परेको छ ।
अन्तिम स्वीकृतिसमेत लिइसकेका कामदारहरु पनि गन्तव्यतर्फ जान समेत रोकिएका छन् । कामका लागि विदेश जाने वातावरण बनाउने दायित्व सरकारको भएको संघका अध्यक्ष रोहन गुरुङले बताए । तीन महिनाभित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि उनले बताएका छन् ।
संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै गत जेठ १७ गतेदेखि २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ ।