

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेका १८ जनामध्ये १४ जना सोमबार छुटेका छन् ।
अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएका मध्ये १४ जना हाजिरी जमानीमा छुटेका हुन् । मुख्य आरोपित प्रकाश कँडेलसहित भैरव वस्ताकोटी, सुरेन्द्र विक र ध्रुब चापागाई भने थुनामै रहेका छन् ।
हाजिरी जमानीमा छुटेकाहरुमा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सन्जु गुरुङ, कृष्ण कँडेल, दिपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपिन भट्टराई रहेका छन् । त्यस्तै महिलाहरु पारु परियार, यसोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मन्जु चापागाई रहेका छन् ।