Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

कांग्रेसी नेताहरुको जमघट डेनमार्कमा



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहित दुई दर्जन बढी केन्द्रीय तहका नेताको जमघट डेनमार्कमा हुने भएको छ । उपसभापति निधि भने श्रीमती र दुई छोरासहित सोमबार त्यसतर्फ लागे भने महामन्त्री डा। शशांक कोइरालासहित अन्य पदाधिकारी र नेता भने असार पहिलो साता त्यसतर्फ जाने भएका छन् । डेनमार्कमा २२ जेठमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा भाग लिन उपसभापति निधि सोमबार नै डेनमार्कको राजधानी कोपनहेगन लागेका हुन् ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी ९डीआइपीडी० को निम्तोमा कोपनहेगन पुगेका निधि आगामी ६ देखि ८ असार ९२१ देखि २३ जुन० सम्म कोपनहेगनमा आयोजना गरिएको जनसम्पर्क समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रशिक्षण कार्यक्रममा भाग लिने छन् ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार उपसभापति निधिले २२ जेठमा डेनमार्गमा भएको निर्वाचनको पर्यवेक्षण समेत गर्नेछन् ।

कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले कोपनहेगनमा युरोपका कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित ३२ जना सहभागी हुने एक केन्द्रीय सदस्यले जनाए ।

कांग्रेसले हाल संचालन गरिरहेको राष्ट्रिय जागरण अभियानमा धेरै नेतालाई आसनग्रहण नगराउने, धेरै वक्ता बनाउने निर्देशन विपरित यतिधेरै नेता विदेश जान लागेका हुन् । नेताहरु डेनमार्ग जाने आउने खर्च र बसोबासको व्यवस्था जनसम्पर्क समितिले बेहोर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रममा कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्ताव, विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्र्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने उदेश्य रहेको छ । प्रशिक्षणका लागि जान लागेका नेताहरूले भिसा आवेदन दिइसकिएको एक नेताले बताए । कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेको बुझिएको छ । प्रशिक्षणको पहिलो दिन कार्यक्रमको उद्घघाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम हुने भएको छ ।

डेनमार्क जाने नेताहरूको नाम अपारदर्शी ढंगले छनोट गरिएको, पार्टीमा छलफल नभएको र नेताहरूले स्वविवेकमा तय गरेको गुनासो हुन थालेको छ । उपसभापति निधिका साथमा पत्नी र दुई छोरा पनि छन् ।

भेलामा ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिका अध्यक्ष र पदाधिकारीलाई नबोलाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि दुई छोरा र श्रीमतीसहित सोमबार प्रस्थान गरे भने महामन्त्री डां,शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डां रामशरण महत, डां मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी, गगन थापा, भीष्मराज आङदेम्बे, दीपक गिरी, धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्यहरु राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा र मुक्ति आचार्य रहेका छन् ।

सबै नेताहरु असार पहिलो साता दुइ वा तीन वटा टोली बनाएर जाने छन् ।

प्रतिक्रिया दिनुहोस्