Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भन्यो, ‘चौकी कब्जा गर्ने योजना हाम्रो छैन’



काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले देशको कुनै पनि भागमा रहेको प्रहरी चौकी आक्रमण गर्ने योजना आफनो पार्टीको नरहेको स्पष्ट पारेको छ । महासचिव प्रकाण्डले विज्ञप्तिमार्फत सोलुखुम्बुको रहेको प्रहरी चौकी नियन्त्रणको प्रयास आफनो पार्टीले नगरेको दाबी गरेका हुन् ।

विप्लवका २५–३० जनाको समूहमा आएका कार्यकर्ताले महाकुलुङ गाउँपालिकास्थित वडा ३ छेस्काममा प्रहरी चौकी आक्रमणको प्रयास गरेको समाचार बाहिर आएपछि विप्लवकोतर्फबाट आधिकारिक धारणा आएको हो । महासचिव प्रकाण्डले विज्ञप्तिमा चौकी कब्जाको हल्ला फेक भएको जिकिर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुमा त्यस प्रकारको कुनै घटना भएको छैन’, ‘पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यस प्रकारको समाचार ल्याएको स्पष्ट पार्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्