Logo
Logo

महिनावारी सम्बन्धी सचेतना कार्यक्रम



काठमाण्डौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका छात्राहरुलाई महिनावरी हुँदा सरसफाई र हेरचाह गर्ने तथा सेनेटरी प्याडको सही ढंगले प्रयोग गर्ने तरिका सिकाइएको थियो । गान्धी इटरनेसनल मिसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा तीन सय भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो ।
महिनावरी महिलाहरुमा हुने साधरण जैविक प्रक्रिया भए पनि यो समयमा राम्रो हेरचाह नगर्दा बाँझोपन लगायत विभिन्न रोगको संक्रमणदेखि क्यन्सरसम्म हुने सक्ने गान्धी इन्टरनेसनल मिसनकी स्वास्थ्य संयोजक डा. अकिता अग्रवालले बताइन् । महिनावरी सम्बन्धी कतिपय गलत धारणा रहेकाले त्यसलाई परिर्वतन ल्याउन महिनावरी सचेतना अभियान सञ्चालन गरेको पनि डा. अग्रवाले बताइन् ।


‘स्वच्छ महिनावारी स्वास्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी भन्ने नाराका साथ आफूहरुले २ वर्षदेखि विभिन्न दुर्गम गाउँ र विद्यालयमा गएर महिनावरी सचेतना अभियान सञ्चाल गरिरहेको अभियान्ता उद्धवकुमार कार्कीले बताए । उक्त कार्यक्रममा डा. मोनिका पनेरु र डा. नेहा श्रेष्ठले छात्राहरुलाई महिनावरी सम्बन्धी जानकारी दिएका थिए ।
विद्यालयका छात्राहरुको सहजताका लागि गान्धी इन्टरनेसनल मिसन नेपालले सेनेटरी प्याड भेण्डिङ मेसिन समेत हस्तान्तरण गरेको छ । मेसिन चाडै सञ्चालमा आउने विद्यालयले जनाएको छ । यस अधि पनि गान्धी इन्टरन्यशनल मिसनमा आबद्ध अभियान्ताहरुले विभिन्न विद्यालयमा सेनेटरी प्याड भेण्डिङ मेसिन जडान गरेका थिए । साथै उनीहरुले गाउँगाउँमा पुगेर महिनावारीको हुँदा पुन प्रयोग गर्ने मिल्ने कपडाको प्याड बनाउन पनि सिकाउदै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको