Logo
Logo

गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन गर्न राजपाको ध्यानाकर्षण



राष्ट्रिय जनता पार्टीले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न र गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले संविधानमा गरिएको व्यवस्थाविपरीत आयोगले विज्ञापन आह्वान गरिएको आरोप लगाए । उनले राज्य चलाउनेहरूले संविधानलाई मानेको कुरामा प्रश्न उब्जीएको जिकिर गरे । उनले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरे । संविधानविपरीत विज्ञापन आह्वान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे ।
सांसद यादवले राष्ट्रलाई दीर्घकालीन रूपमा नोक्सान प¥याउने काम बन्द गर्न सरकारलाई सचेत गराए । उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरूले उभिएरै विरोध गरेका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका