Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

बजेट भ्रमपूर्ण रहेको कार्कीको आरोप



नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कसैलाई पनि उत्साही गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले बजेटप्रति यस्तो धारणा राखेका हुन् ।
उनले बजेटले कुनै पनि नेपालीलाई उत्साही गर्न नसकेको बताए । साथै उनले बजेट प्रचारमुखी र भ्रमपूर्ण र प्रचारमुखी रहेको बताउदै बजेटले विकास गर्न नसक्ने र समृद्धिको दिशातर्फ अग्रसर गराउन पनि नसक्ने बताए ।
व्यापारघाटा बढेको, राजस्व संकलनको अवस्था पनि उत्साहप्रद नभएको उल्लेख गर्दै कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु क्रमशः कमजोर भइरहेका बेला कसरी ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि र उच्च आर्थिक वृद्धिको जग बस्छ त्यसको जबाफ सरकार र अर्थमन्त्रीले दिनुपर्ने उनले बताए ।

पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारी लक्ष्यलाई पूर्व अर्थमन्त्री कार्कीले ‘उडन्ते लक्ष्य’का रुपमा टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्