Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

अपाङ्ग महासंघको ध्यानाकर्षण



राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लोकसेवा आयोगले अपाङ्गता भएको व्यक्तिलाई आरक्षण घटाएकोमा विरोध गरेको छ । सोमबार महासंघको टोली आयोगको कार्यायमा पुगी आयोग अध्यक्ष उमेश मैनालीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको हो ।

निजामति सेवा ऐनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरेकोमा पछिल्लो सूचनामा ९,१३१ जनामा ३ जनालाईमात्र आरक्षण गरिएको महासंघले जनाएको छ। आयोगको यस्तो कदमले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को उल्लंघन भएको आरोप लगाउँदै पुनर्विचार नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्