Logo
Logo

विपक्षी नेता जुआन गुइडोलाई देश छाड्न प्रतिबन्ध



काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले लगाएको छ ।

अदालतले उनको बैंक खातासमेत रोक्का गरिदिएको छ । गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकालगायतका देशले समर्थन जनाएका छन् ।

गुइडोको घोषणाले भेनेजुएलामा तनाव बढिरहेका बेला त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै बैंक खातासमेत रोक्का गर्ने अदालतको आदेशले थप तनाब बढ्ने आशंका गरिएको छ ।

त्यहाँको विपक्षी दलले पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक भएदेखि नै त्यसप्रति असहमति जनाउँदै आन्दोलन गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा अध्यक्ष पदमा पुनः निर्वाचित जीवन राम श्रेष्ठलाई सङ्घीय संसद्को शिक्षा,