Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

अध्यक्षद्वय ओली र दाहाल आन्तरिक गृहकार्यमा, कार्यविभाजनमा मत मिलेन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि नेकपाको राजनीतिले अर्कै मोड लिएको छ ।


गृहकार्य नपुगेको भन्दै बैठक भोलिका लागि सारिएको नेकपाले जनाएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएका बेला अध्यक्ष दाहालले प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको सार्वजनिक भएको थियो ।

यो विषयमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच वार्ता भएको थियो । दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए ।

नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा सचिवालयको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्