Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

बैदेशीक रोजगार संघबाट आन्दोलनको चेतावनी



नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै गत १७ देखि २३ जेठसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । त्यसै कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका संघका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने बाध्यता आउने चेतावनी दिए ।
उनले सरकारले धरौटी राखिएको आफ्नो पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रन बाध्य परेको बताए ।

संघका अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगारको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्