Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

सरकारले शान्ति सुरक्षा दिन नसकेको सांसद राइको आरोप



प्रतिनिधि सभाकी सांसद प्रमिला राईले सरकारले दावी गरेजस्तो शान्ति सुरक्षा मुलुकमा नभएको बताइएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले मुलुकमा शान्ति सुरक्षा छ भनेर सरकारले भने पनि आफूहरुले पत्याउने अवस्था नरहेको बताइन् ।

सरकारले देशमा हत्या हिंसाको अन्त्य भएको र भ्रष्टाचारमुक्त भएको बताए पनि देशको गतिविधि हेर्दा कहीँ पनि हिंसाको अन्त्य नभएको कुरामा जोड दिइन् ।
पाचथरमा ९ जनाको हत्या हुने गरी भएको घटना स्मरण गर्दै उनले सरकारले भनेको जस्तो शान्ति सुरक्षाको स्थिति नरहेको जिकिर ‘पाँचथरकै कुरा लिने हो भने, एकै परिवारका ९ जना व्यक्तिको नरसंहार हुने गरेर हत्या हुँदा पनि त्यहाँ प्रशासन छैन,’ उनले भनिन्, ‘अनी देशमा शान्ति सुरक्षा छ भनेर हामीले कसरी अनुभूति गर्ने ? र विशेष गरेर महिला भएकै कारण महिलाहरको सुरक्षा छैन ।’

प्रतिक्रिया दिनुहोस्