Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

कोइराला निवासबाट सुरक्षाकर्मी फिर्ता, इतिहासमा पहिलो पटक ताला



काठमाडौं । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाएपछि नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिदै आएको करोइराला निवासमा ताला लागेको छ । विराटनगरको कोइराला निवासमा अहिले सम्मको इतिहासमा पहिलो पटक ताला लागेको हो ।

सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि हटेका हुन् भने अहिले निवासमा ताला लगेको छ ।

एकै परिवारका तीन जना भाइ विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएकोले निवासको छुट्टै महत्व छ । पिता कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन यही निवासबाट फाटेको भोटो पार्सल गरेर पठाएका थिए ।

तीन जना प्रधानमन्त्री जन्माउने यो निवास पछिल्लो समय आगन्तुकका लागि घुम्ने र बुझ्ने स्थान बन्दै गएको छ । खुला संग्रहालय मानिएको कोइराला निवासबाट सुरक्षाकर्मी हट्नु दुःखद भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए।
गत बिहीबारबाट सुरक्षाकर्मी हटाइएको कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्