Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, उच्च रक्तचाप तथा मधुमेह



काठमाण्डौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडेल शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका छन् ।


मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि आइतबार काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र गएका थिए।

७३ वर्षीय पौडेल प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ हुन्। निक्कै सक्रिय पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेहबाट पीडित छन्।

यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा पौडेलको आँखाको मोतीया बिन्दुको शल्यक्रिया गरिएको थियो।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि २४ र २५ जेठमा हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठक समेत प्रभावित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्