Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

यतीले पायो नयाँ नेतृत्व, यती एयरलायन्सको प्रवन्ध निर्देशकमा शेर्पा नियुक्त,



काठमाडौं। यती एयरलायन्सको प्रवन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन्। एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि पत्नी चन्दालाई नियुक्त गरिएको हो एयरलायन्स व्यवस्थापनले जनाएको छ।


चन्दा यति एडभेञ्चरकी पनि प्रमुख समेत हुन्। यस्तै एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पा नियुक्त भएका छन्। उनी आङछिरिङका दाइ हुन्। कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै आङछिरिङको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्