Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

लक्ष्मण थारुको उद्धघोष : ‘फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’



 

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले टीकापुर घट्नाका दोषी भनिएका बन्दीलाई निःशर्त रिहाई गर्न माग गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन गर्दै टीकापुर घट्नाबारे छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।

पत्रकार सम्मेलनमा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरु फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए । उनले कुनैपनि हालतमा ७ वटा प्रदेश नमान्ने चेतावनी दिए ।
कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मिनराज चौधरीले नेपालमा रहेका सबै क्षेत्रका वर्ग, समूदायका मागहरु पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले उठाएका जायज माग समयमै सम्बोधन गर्नुपर्ने जोड दिए ।

प्रतिक्रिया दिनुहोस्