Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

हेल्लो जिन्दगीमा प्रियंका



अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहने भनिएको चलचित्र ‘हेल्लो जिन्दगी’बाट अन्ततः उनी बाहिरिएकी छन्।गर्धनमा ट्युमरको अप्रेसन गराएकी अभिनेत्री खड्का स्वास्थ्यको कारण देखाउँदै फिल्मबाट बाहिरिएकी हुन्। यसअघि उनले फिल्मका केही दृश्यमा समेत अभिनय गरिसकेकी छन्। उनले अस्पतालबाटै स्वाथ्यको कारण फिल्ममा काम गर्न असमर्थ रहेको बताएकी थिइन्।

भरेष्ट सूर्य बोहोराको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण पक्षले श्वेताको स्वास्थ्य लाभ हुनेबेलासम्मका लागि फिल्मको छायाँकन स्थगित गरेको थियो। तर उनी स्वस्थ नभएपछि निर्माण पक्षले नायिका प्रियंका कार्कीलाई अनुबन्ध गरेर छायांकन अगाडि बढाएको छ। ‘हामीले श्वेताजीलाई लामो समय कुर्यौ तर उहाँको स्वाथ्य ठीक नभएपिछ प्रियंकालाई लिएर छायाँकन आरम्भ गरेका हौँ’, निर्देशक बोहराले भने।

काठमाडौँ र युरोपमा छायाँकन गरिने हेल्लो जिन्दगीमा प्रियंकाका साथमा दीपिका प्रसाईं, सलोन बस्नेत, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ। बिहीबारबाट पुनः आरम्भ भएको छायाँकनमा प्रियंकाले पहिलो सट समेत दिइसकेकी छन्।

सिर्जना जोशी निर्माता रहेको फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानर बन्न लागेको हो। फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ।

प्रतिक्रिया दिनुहोस्