Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

मुर्न अघि पनि श्रीमतीलाई अन्तिम पटक भिडोयो कल गरे



भारतको बेगूसरायको नेशनल हाइवमा दुर्घटनामा परेका एक युवाले श्रीमतीलाई अन्तिम भिडियोकल गर्दै मृत्युवरण गरे । राजाराम पण्डितलाई ट्रकले ठक्कर दिए पछि सडकमा ट्रकको पाङ्ग्राले कुल्चिँयो पनि । उसको एउटा खुट्टा तिघ्राबाटै छिनेको थियो । त्यहीँे स्थिति देखाउन उनले खल्तीबाट आईफोन निकाले र श्रीमतीलाई भिडियो कल गरे ।
पण्डितले इयरफोन लगाइरहेका कारण ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई प्रहरीले बेगूसरायस्थित अस्पताल पु¥याए पनि उनलाई मृत घोषित गरियो ।
राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । राजरामको विवाह तीन वर्ष अघि भएको थियो । उनकी सात महिनाकी छोरी छिन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्