Logo
१४ फाल्गुण २०७७
(Friday 26th February 2021)

डा केसीसँग संवाद थाल्न नेपाल सरकारलाई सुवेदीको आग्रह



लन्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषद्का संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्राध्यापक सूर्यप्रसाद सुवेदीले डा गोविन्द केसीसँग सरकारले संवाद नथालेकोमा चिन्तित भएको बताएका छन्।

डा केसीका मागहरु मूलतः चिकित्सा क्षेत्रको बेथिति अन्त्यसँग रहेको तर नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितिको सिकार हुँदै आएकोमा सुवेदीले चिन्ता व्यक्त गरेका हुन्।

‘हालै संसदबाट पारित चिकित्सा शिक्षा विधेयक लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धी सबै ऐन कानुनको पुनरावलोकन गरी दीर्घकालिन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसँग आग्रह गर्दछु,’ एक विज्ञप्तिमार्फत उनले भनेका छन्।

सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने प्रस्तावसहित डा केसीसँग संवाद सुरु गर्न पनि नेपाल सरकारलाई प्रा सुवेदीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्