Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

इन्टरप्रेनर्स नेपाल लायन्स क्लबको अध्यक्षमा नवराज



इन्टरप्रेनर्स नेपाल लायन्स क्लबमा नवराज श्रेष्ठ चयन भएका छन् । होटल रिडर्स इन सिनामंगलमा बसेको भेलाले झलक कुमार श्रेष्ठलाई उपाध्यक्ष, रामहरी कोइलारालाई सचिव,  केशब श्रेष्ठलाई कोषाध्यक्ष र पिआरओमा ध्रुबकुमार श्रेष्ठलाई चयन गरेको छ ।

यसैगरी, सामुदायिक सेवा निर्देशकमा डोरकुमार श्रेष्ठ, अनुशासन निर्देशकमा पशुपति श्रेष्ठ, अन्तराष्ट्रिय निर्देशक कुशल श्रेष्ठ  चयन भएको जगदीश कोइरालाले जानकारी दिए । सो संस्थाका संस्थापक अध्यक्ष सुदिप कोइराला हुन्। यसैगरी, सदस्यमा जगदीश कोइराला, पुण्यप्रसाद ढकाल, हिराकाजी श्रेष्ठ, पदमकुमार श्रेष्ठ र सुबास कोइराला रहेका छन् ।

अध्यक्षमा निर्वाचित नवराज होटल व्यवसायमा परिचित व्यक्तित्व  हुन् । होटल एभरेस्ट माउन्ट होलीडे र होटल रिडर्स इन लगायत थुप्रै होटलमा उनको संलग्नता रहेको छ । रिडर्स सहकारीका सञ्चालक उनी वित्तिय क्षेत्रमा समेत सक्रिय व्यक्तित्व हुन् । अध्यक्षमा चयन भएपछि अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको संस्थाले समाज सेवामार्फत अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान दिलाउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्