Logo
Logo

माछा मार्ने क्रममा करेण्ट लागेर एकको मृत्यु



पाँचथरको फिदिम नगरपालिका-१० चिलिङदिन हेवा खोलामा करेण्ट लगाइ माछा मार्ने क्रममा करेण्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ।

अपरान्ह ५ बजेको समयमा ४ जनाको समूहमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका हिलिहाङ गाउँपालिका-७ टारी बस्ने  २८ वर्षीय मदन भन्ने बल बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घटनास्थलमा प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको उक्त कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?