Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

काका ससुरा पर्नेबाटै बलत्कार र हत्या



सांकेतीक तस्बिर

बझाङमा एक युवतीको क्रूर तरिकाले हत्या भएको छ । सुर्मा गाउँपालिका–४ गौखेडाका लक्की पुजाराकी श्रीमती २५ वर्षीया जुना पुजाराको छिमेकी काका नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरीले जनाएको छ ।

धारामा लुगा धोइरहेका बेला जुनालाई काका नाता पर्ने लोकेन्द्र पुजाराले हँसिया प्रहार गरेका थिए । त्यसपछि गोठमा लगेर बलात्कार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्