Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

दरबार हत्याकाण्डको १८ वर्षपछि नारायणहिटीमा पुराण



नारायणहिटी दरबार हत्याकाण्डको १८ वर्षपछि नारायणहिटीभित्र श्रीमदभागवत पुराण सुरु भएको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सप्ताहको उद्घाटन गर्दै छन् ।

तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको आज १८ वर्ष पुगेको छ ।बि.स २०५८ को जेठ १९ कै दिन नारायणहिटीमा तत्कालीन राजा विरेन्द्र विर विक्रम शाह सहितको हत्या भएको थियो ।

सोही अवसर पारेर नारायणहिटीभित्र रहेको नारायण मन्दिरमा पुराण सुरु भएको हो ।

नाराणहिटी नारायणस्थान देवस्थल उपभोक्ता समिति र ओमकार परिवार नेपालको संयुक्त आयोजनामा सप्ताह सुरु गरिएको आयोजक समितिका संयोजक तथा कांग्रेस नेता भीमसेनदास प्रधानले बताए ।

उनका अनुसार पुराण वाचन पण्डित कुवेर सुवेदीले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्