Logo
Logo

सरकार तानशाही शैलीमा अघि बढेको देउवाको आरोप



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तानशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले तानाशाही शैली नेपालमा लामो समय नटिक्ने बताए ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप तानाशाही प्रवृत्ति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायालयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजाजस्तै सदाका लागि कम्युनिष्टलाई पनि हटाउने चेतावनी दिए ।

सरकारले संविधानको मर्म र भावना विपरित काम गरेकाले केपी ओली नेतृत्वको सरकार लामो समय नटिक्ने देउवाले दाबी गरे ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप तथा मानवअधिकार माथिको माथिको हस्तक्षेप संविधानको मर्म र भावनाविपरित रहेको सभापति देउवाको ठहर छ ।

उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलन गर्ने चेतावनी दिए । पूर्व प्रधानमन्त्री देउवाले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरे । उनले सरकारले आफ्नो पार्टीका कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत लगाए । उनले विदेशीको सहयोग र ऋण ल्याएर मुलुकको विकास गर्नुपर्नेमा पार्टीका कार्यकर्ता पाल्न नमिल्ने जिकिर समेत गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना