Logo
१८ असार २०७८
(Friday 2nd July 2021)

अमेरिकाको भिसा निवेदकले अब सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नु पर्ने



नयाँ कानून अनुसार अमेरिकाको भिसाका लागि निवेदन दिने सबैले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकी विदेश विभागले जारी गरेको नयाँ नियम अनुसार भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका इमेल आइडी र फोन नम्बरहरु पेश गर्नु पर्ने छ ।

गएको वर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक रुपमा एक करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । तर केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदा यस्तो जानकारी पेश गर्नु पर्ने छैन ।

तर काम तथा अध्ययनका लागि अमेरिका जान चाहने व्यक्तिले भने सम्पूर्ण जानकारी पेश गर्नु पर्ने भएको छ । अमेरिकी नागरिकको सुरक्षाका लागि स्क्रिनिङ्ग प्रक्रिया परिष्कृत गर्ने योजना अनुसार नयाँ नियम लागु गरिएको विदेश विभागले बताएको बिबिसीले उल्लेख गरेको छ ।

यसअघि सीमित निवेदकले मात्रै यस्तो जानकारी पेश गर्नु पर्ने थियो । तर अब भने सबै निवेदकले आफ्ना सामाजिक सञ्जाल एकाउन्टका नामहरु दिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्