Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

बम फ्याक्ट्रीमा भएको विस्फोटमा ३८ जना घाइते



रुसको जसिन्कको एउटा बम निर्माण गर्ने फ्याक्ट्रीमा शक्तिशाली विस्फोट हुँदा ३८ जना घाइते भएका छन् ।

यो उद्योगमा शक्तिशाली बम बनाएर भण्डारण गरिदै आएको थियो । विस्फोटबाट जेएससी क्रिस्टल रिसर्च इन्स्टीट्युट पूर्ण रुपमा नष्ट भएको छ ।

विस्फोटका समयमा ५ जना भित्र रहेको र उनीहरुलाई सकुशल बाहिर निकालिएको अधिकारीहरुले बताएका छन् । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा विस्फोटका कारण सो क्षेत्रमा धुवाँको मुस्लो फैलिएको देखिएको छ ।

विस्फोटमा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि करिब १ सय वर्गकिलोमिटर क्षेत्रमा आगो फैलिएको थियो । गत अप्रिलमा सोही सहरको बम उद्योगमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्