
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार देशभरको मौसम बदली रहने छ ।महाशाखाका अनुसार दिउँसो मौसममा आंशिकदेखि सामान्य बदली रहने र केही पहाडी भूभागका साथै पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
आइतबार राति पनि मध्य तथा पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
काठमाडौं उपत्यकामा पनि केही दिनयतादेखि निरन्तर वर्षा भइरहेको छ । शनिबार साँझ काठमाडौं उपत्यकामा ठूलो पानी परेको थियो ।