Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

दक्षिण एसियाली देशहरुको खराब प्रदर्शन जारी, आज बंगलादेशले दक्षिण अफ्रिकासंग खेल्ने



साविक विजेता अस्टे«लियाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय क्रिकेट विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अस्टे«लियाले अफगानिस्तानलाई सात विकेटले पराजित गरेको हो ।इङ्ल्यान्डको ब्रिस्टोलमा टस जिती पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर दुईसय सात रनको योगफल तय गरेको थियो । जवाफमा अस्टे«लियाले ३४.५ ओभरमा तीन विकेट गुमाएर जित निश्चित गरेको हो । अस्टे«लियाको जितमा कप्तान आरोन फिन्चले ४९ बलमा ६६ रनको योगदान गर्दा डेभिड वार्नर ८९ रनमा अविजित रहे । फिन्चले आफ्नो पालीमा चार छक्का र ६ चौका प्रहार गरेका थिए ।

यस्तै स्टेभन स्मिथ १८ र उस्मान ख्वाजा १५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल चार रनमा अविजित रहे । त्यसअघि अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ५१ रनको अर्धशतकीय योगदान गर्नबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले ४९ रनको आफ्नो पालीमा दुई छक्का र सात चौका प्रहार गरे ।विजयी टोलीका आदम जम्पा र पाट कुमिन्सले अफगानिस्तानको तीन/तीन विकेट लिए । अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नइब र राशिद खानले एक/एक विकेट लिए ।

यस अघि भएको खेलमा  न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटले पराजित गरेको थियो । कार्डिफस्थित सोफिया गार्ड्समा भएको प्रतिस्पर्धामा  टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाको टोली २९ ओभर २ बलमा १ सय ३६ रन बनाएर अलआउट हुन पुग्यो । न्युजिल्यान्डले १६ ओभर १ बलमा कुनै विकेट नगुमाई १ सय ३७ रनको लक्ष्य पुरा ग¥यो । म्याट हेनरी म्यान अफ दि म्याच चुनिए । न्युजिल्यान्डको जितमा ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरोले अविजित ५८ रन बनाए ।

एक दिन अघि भएको खेलमा पाकिस्तानले पनि वेस्टइन्डिजसंग खराब नतीजा ब्यहोरेको थियो । अर्को दक्षिण एसियाली टोली बंगलादेशले आइतबार दक्षिण अफ्रिकाको सामान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्