Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

विप्लव नेकपाका पोलिटब्युराे सदस्य राइ सत्तारुढ नेकपामा प्रवेश गर्दै



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युराे सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् ।

राईलाई आइतबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने तयारी भएको छ ।गत २८ फागुनमा सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएको केही समयपछि सरकारसँग वार्ता भइरहेको र सकारात्मक रहेको अभिव्यक्ति दिएपछि उनी निलम्बनमा परेका थिए ।

राईलाई आइतबार बिहान  पार्टी कार्यालय धुम्बाराहीमा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ । पूर्वी पहाडी जिल्लामा प्रभावशाली रहेका राई पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यको नेकपा–माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा पुगेका राई पुनः सत्तारुढ नेकपामा फर्किन लागेका हुन् ।

२०७४ सालको निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका उनी अदालतको आदेशमा रिहा भएका थिए ।

विप्लवको जनसरकार उपप्रमुखसमेत रहेका राई १५ जेठमा गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा राष्ट्रपतिबाट पदक थाप्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्