Logo
Logo

लिभरपुल च्याम्पियन्स लिग विजेता



यो सिजनको च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले लगेको छ । स्पेनको मड्रिडस्थित वान्दा मेट्रोपोलिटानो स्टेडियममा शनीबार राती सम्पन्न फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै लिभरपुलले १४ वर्षपछि च्याम्पियन्स लिगको उपाधि उचालेको हो । लिभरपुलको यो छैठौं च्याम्पियन्स लिग उपाधि हो । यस अघि सन् २००५ मा एसीमिलान माथि नाटकीय जित हात पार्दै लीभरपुल च्याम्पियन बनेको थियो । सन् १९७७, १९७८, १९८१ र १९८४ को उपाधि पनि लिभरपुलले जितेको थियो । लिभरपुललाई छैठाैं पटक उपाधि दिलाउन मोहम्मद सालाह र डिभक ओरिजीले गोल गरे । खेलको पहिलो मिनेटमै टोटनह्यामका मुसा सिस्सोकोले विपक्षी खेलाडी सादियो मानेलाई डिबक्सभित्र लडाइदिएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टीलाई सालाहले सदुपयोग गरे ।

८७औं मिनेटमा ओरिजीले गोल गरेपछि लिभरपुलले २–० गोल अन्तरको जित हासिल गर्यो ।पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्याम उपविजेतामै सीमित हुन पुग्यो ।

मोहम्मद सालाहको सफलता
सालाह च्याम्पियन्स लिग फाइनलमा सबैभन्दा छिटो गाेल गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले दुई मिनेटभित्रै गोल गरेका हुन् । सबैभन्दा छिटो गोल गर्ने खेलाडीको पहिलो नम्बरमा छन्, पाओलो माल्दिनी । उनले सन् २००५ मा मिलानका तर्फबाट लिभरपुलविरुद्ध गोल गरेका थिए ।मोहम्मद सालाह च्याम्पियन्स लिगको फाइनलमा गोल इजिप्टका पहिलो फुटबलर पनि बनेका छन् । उनी फाइनलमा गोल गर्ने पाँचौं अफ्रिकी फुटबलर हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको