Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

परिस्थिति अनुकूल रहे फेरि प्रधानमन्त्री हुन्छु: प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति अनुकूल रहेमा आफू फेरि प्रधानबन्त्री हुने बताएका छन् । देशको परिस्थिति तथा पार्टी निर्णयले सहमतिकै आधारमा एक बर्ष भित्रमा प्रधानमन्त्री हुने दाहालको भनाइ छ । उनले पार्टी एकताका बेला गरिएका सहमतिको कार्यान्वयन हुने पनि विश्वास गरेका छन् ।
आफूले नयाँ कुरा गरेको नभइ सहमति कार्यान्वयनको कुरा मात्र उठाएको दाहालले बताए । विराटनगरमा शनिबार पत्रकारहरुसँग कुरागर्दै दाहालले भने, ‘म प्रधानमन्त्री बन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो। परिस्थिति कसरी विकास हुँद जान्छ त्यसमा निर्भर रहन्छ ।’
पार्टी एकताका बेला गरिएका सहमतिलाई इमान्दारिता पूर्वक कार्यान्वयन भए आफू प्रधानमन्त्री हुने दाहालको भनाइ छ। उनले अन्तर्वार्तालाई लिएर अनावश्यक बहस नगर्न पनि आग्रह गरे। ‘विगतको सहमति कार्यान्वयन गरिन्छ। तर यो विषयमा धेरै ध्रुवीकरण भएर बहस गरिराख्नु जरुरी हुँदैन,’ दाहालले भने।

पहिलेदेखि भन्दै आएका कुरा अन्तर्वार्तामा भने पनि अतिरञ्जित गरेको आरोप दाहालको थियो । ‘प्रधानमन्त्रीज्यूले सहमतिका कुरा राम्रोसँग बुझ्नुभएकै छ। बाहिर धेरै हो(हल्ला गरिराख्नुपर्ने विषय होइन,’ उनले भने। उनले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा धेरै नखेल्न पनि पत्रकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्