Logo
Logo

शिक्षण अस्पतालमा पनि कलेजो प्रत्याक्रमण



त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ ।शिक्षण अस्तपालमा सफलतापूर्वक कलेजो प्रत्याक्रमण गरिए पछि नेपालमा यस खाले दुर्लभ उपचार दोश्रो अस्पतालमा सम्भब भएको छ । शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले छोरीको कलेजो बुवालाई प्रत्यारोपण गरिएको हो । शुक्रबार ५३ वर्षका एक जना बिरामीको कलेजोको प्रत्यारोपण गरेको हो । उनलाई उनकै ३३ वर्षीया छोरीले कलेजो दान गरेकी हुन् ।
कलेजो प्रत्यारोपण गर्न झण्डै १६ घण्टा लागेको थियो । शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्यरातमा सकिएको थियो । टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली पनि नेपाल आएको थियो । सबैको टिम वर्कले मात्रै अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको डाक्टर भण्डारीको कथन छ । उनले शल्यक्रियामा संलग्न डाक्टर तथा नर्सहरुको टोलीलाई धन्यवाद दिएका छन् ।
यसअघि, भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्ष अघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो । त्यहाँ अहिलेसम्म चार जनाको प्रत्यारोपण भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको कार्यकारी

नगेन्द्रराज पौडेल बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति