
उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक दिने गरी प्रशिक्षकमा नियुक्त गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
उनका अनुसार पटवालको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउनेछ ।यसअघि नेपाली राष्ट्रिय टोलीका लागि दुई पटक परामर्शदाता प्रशिक्षकको रुपमा काम गरिसकेका पटुवाल पूर्वप्रशिक्षक पुबुदु दासानायकेले छाडेपछि नियुक्त हुने नेपाली टोलीको पहिलो विदेशी प्रशिक्षक हुन् ।
भारत मुम्बईका पटुवाल पूर्वक्रिकेटर तथा प्रशिक्षक हुन् । उनले मुम्बईका एकेडेमीमा धेरै काम गरेका छन् । त्यसकासाथै उनलाई अफगानिस्तान क्रिकेटको अहिलेको सफलताको मूख्य योजनाकारका रुपमा समेत लिईन्छ ।
उनी नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका प्रशिक्षक समेत हुन् । उनले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि दुई पटक परामर्शदाता प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
नेपालले गत वर्ष मार्चमा जिम्वाब्वेमा विश्वकप छनोट खेल खेल्दा र यसै वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) सँग एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्दा नेपाली राष्ट्रिय टोलीको परामर्शदाता प्रशिक्षकको रुपमा थिए ।