Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

मेयर रेणुकाे ठूलाे सफलता: गाैतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम निर्माणकाे घाेषणा



काठमाडौं ।भरतपुर महानगरपालिकाको पहल तथा धुर्मुस सुन्तली फाउण्डेसनसँको सहकार्यमा अन्तर्राष्ट्रिय स्टेडियम बन्ने कुराले आज मूर्तरुप लिँदैछ ।

आज एक समारोहबीच स्टेडियम निर्माणको औपचारिक सुरुआत हुने छ ।

चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।

रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

भरतपुर महानगरपालिका १५ मा बन्ने स्टेडियम हाल त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा बन्न लागेको हो । जग्गा स्टेडियमको लागि प्रयोग गर्न विश्वविद्यालय र भरतपुर नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

स्टेडियम बनाउन भारतपु महानगरपालिकाले २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको छ । स्टेडियममा अन्य विधाका खेलकुदको लागि पनि खेल्न सकिने र क्रिकेट एकडेमीको रुपमा विकास गर्ने बताइएको छ ।

नेपालले सन् १९९६ देखि अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सहभागिता जनाउँदै आए पनि अहिलेसम्म अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट स्टेडियम छैन । १९९८ देखि टियु मैदानमा अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु आयोजना हुँदै आए पनि यसको स्तरउन्नति भने खासै भएको छैन । ठुला प्रतियोगिताहरु हेर्न जाने दर्शकहरु भुइँमा बसेर हेर्नु पर्ने बाध्यता रहँदै आएको छ भने आधुनिक स्टेडियममा हुनु पर्ने पूर्वाधारहरु छैन ।

भरतपुरमा स्टेडियम बनेको अवस्थामा नेपाली क्रिकेटका ठुला प्रतियोगिताहरु काठमाडौँमा आयोजना हुने बाध्यता हट्ने छ भने ठुला र स्तरीय प्रतियोगिताहरु पनि आयोजना भरतपुरको मेयर रेणु दाहाल बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्