Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

नवलपरासीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु



सांकेतीक तस्बिर

पूर्वपश्चिम रागमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा विहिबार दिउँसो बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४ बस्ने ६५ वर्षीया कुमारी सुनारी र गैंडाकोट नगरपालिका–१८ बस्ने ७० वर्षीया जमुना मापछनको मृृत्यु भएको थियो । यस्तै मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज भरतपुर, १२ जनाको मनकामना अस्पताल चितवन, आठ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  ना ४ ख ५२९५ नं. को बस र ना २ ख ४८९० नंको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्