Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

प्रधानमन्त्रीले भनेः आलोपालोमा सहमति भएको हो, सहमतिबाटै अगाडि बढ्छौँ



प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो प्रधानमन्त्री चलाउने विषयमा सहमति भएको स्पष्ट पारेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली पुगेका ओलीले पत्रकारसँग आलोपालोमा सहमति भएको र आफूहरु छलफल र सहमतिको बाटोबाटै अगाडि बढ्ने बताए।प्रधानमन्त्री ओलीले आफू र प्रचण्डबीच राम्रो सम्बन्ध रहेको र दुई अध्यक्षकै सहमतिबाट अगाडि बढ्ने बताए।

अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा आलोपालोको सहमति भएको खुलासा गरेका थिए। उनले आलोपालोको सहमति आनुसार साढे दुई वर्षपछि आफू नै प्रधानमन्त्री बन्ने दावी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्