Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

पूर्वराजा ज्ञानेन्द्र शाहका व्यावसायिक साझेदार प्रभाकरको न्युयोर्कमा निधन



न्युयोर्क । पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयोर्कमा निधन भएको छ।


एक वर्षदेखि न्युयोर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेका छन्।

शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ।

८४ वर्षीय राणा ढाडको विरामी थिए र त्यसको सल्यक्रिया गर्ने क्रममा अस्पतालको हलेचेक्र्याइँले गर्दा झन् थला परेका थिए। एक वर्षदेखि न्युयोर्कमै रहेर उपचार गर्ने क्रममा केही महिनाअघि उनलाई ‘हार्टअट्याक’ भएको थियो।

प्रतिक्रिया दिनुहोस्