Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

मुग्लिनमा आजदेखि दैनिक १० घण्टा आवागमन बन्द



चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा आजदेखि दैनिक १० घण्टा आवागमन बन्द हुने भएको छ । मुग्लिनमा निर्माण भएको आर्क ब्रिज सञ्चालनमा ल्याउने तयारीका लागि १० घण्टा आवागमन बन्द हुने भएको हो ।

पुल सञ्चालनमा ल्याउनका लागि दुई पटकमा गरी दैनिक १० घण्टा बन्द गरिएको हो । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्