Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

आयोजक इङ्ल्यान्डको विजयी सुरुवात



आयोजक इङ्ल्यान्डले १२औं संस्करणको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय क्रिकेट विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एकसय चार रनको भारी अन्तरले पराजित गरेको हो ।

।ओभलमा टस हारी पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीनसय ११ रनको योगफल तय गरेको थियो । जवाफमा आएको दक्षिण अफ्रिका ३९.५ ओभरमा दुईसय सात रनमै रोकिएपछि इङ्ल्यान्डले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । उनले ७९ बलको आफ्नो पालीमा नौं चौका प्रहार गरे । यस्तै जासन रोयले ५४, जोई रुटले ५१ र कप्तान इयोन मोर्गानले ५७ रनको योगदान दिए । जोस बट्लरले १८ र क्रिस वक्सले १३ रन जोड्दा लियाम प्लङ्केट नौं र जोफ्रा आर्चर सात रनमा अविजित रहे । मोइन अलि तीन रनमा आउट हुँदा प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टउ डक आउट हुन पुगे ।

दक्षिण अफ्रिकाका लागि भने प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ६८ तथा रसी भान डर डुसेनले ५० रनको अर्धशतकीय योगदान गर्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । डी ककले आफ्नो पालीमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । खेलको सुरुवातमै बलले टाउकोमा लागेपछि रिटायर्ड हर्ट लिएका प्रारम्भिक ब्याट्सम्यान हसिम अम्ल फेरी ब्याटिङमा फर्किएका थिए । यद्यपि उनी १३ रनमै आउट हुन पुगे ।

एन्डिले फेहलुक्वायोले २४ रन जोड्दा ऐदेन माक्र्रम र काजिसो रबडा समान ११/११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तो योगफलमा समेट्न इङ्ल्यान्डका जोफ्रा आर्चर एक्लैले तीन विकेट लिए । यस्तै प्लङ्केट र स्टोक्सले थप दुई/दुई विकेट लिए ।  टोलीको प्रदर्शनमा बल र ब्याटबाट सशक्त प्रदर्शन गरेका इङ्ल्यान्डका स्टोक्स उद्घाटन खेलका उत्कृष्ट खेलाडी चुनिए ।

इङ्ल्यान्डको जितमा ब्याटिङतर्फ चार खेलाडीले अर्धशतक पुरा गरे । इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । उनले ७९ बलको आफ्नो पालीमा नौं चौका प्रहार गरे । यस्तै जासन रोयले ५४, जोई रुटले ५१ र कप्तान इयोन मोर्गानले ५७ रनको योगदान दिए । जोस बट्लरले १८ र क्रिस वक्सले १३ रन जोड्दा लियाम प्लङ्केट नौं र जोफ्रा आर्चर सात रनमा अविजित रहे । मोइन अलि तीन रनमा आउट हुँदा प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टउ डक आउट हुन पुगे ।

दक्षिण अफ्रिकाका लागि भने प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ६८ तथा रसी भान डर डुसेनले ५० रनको अर्धशतकीय योगदान गर्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । डी ककले आफ्नो पालीमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । खेलको सुरुवातमै बलले टाउकोमा लागेपछि रिटायर्ड हर्ट लिएका प्रारम्भिक ब्याट्सम्यान हसिम अम्ल फेरी ब्याटिङमा फर्किएका थिए । यद्यपि उनी १३ रनमै आउट हुन पुगे ।

एन्डिले फेहलुक्वायोले २४ रन जोड्दा ऐदेन माक्र्रम र काजिसो रबडा समान ११/११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तो योगफलमा समेट्न इङ्ल्यान्डका जोफ्रा आर्चर एक्लैले तीन विकेट लिए । यस्तै प्लङ्केट र स्टोक्सले थप दुई/दुई विकेट लिए । दक्षिण अफ्रिकाका लागि भने लुङ्जी एन्गिदीले इङ्ल्यान्डको तीन विकेट लिए । यस्तै काजिसो रबडा र इमरान ताहिरले दुई/दुई विकेट लिए । टोलीको प्रदर्शनमा बल र ब्याटबाट सशक्त प्रदर्शन गरेका इङ्ल्यान्डका स्टोक्स उद्घाटन खेलका उत्कृष्ट खेलाडी चुनिए ।

प्रतिक्रिया दिनुहोस्