Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

अल्पसङ्ख्यक ह्योल्मो जातिकी चेली सगरमाथाको शिखरमा



 अल्पसङ्ख्यक आदिवासी ह्योल्मो जातिको  प्रतिनिधित्व गर्दै एक चेलीले विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गरेकी छिन् । ‘मेरो अभियान ह्योल्मोको शान’ भन्ने नारालाई साथमा लिई अल्पसङ्ख्यक ह्योल्मो आदिवासी जनजातिहरूको प्रतिनिधित्व गर्दै कान्छी डोल्मा ह्योल्मोले ९ जेठ सगरमाथाको सफल आरोहण गरेकी हुन् । आरोहणको सफलतासँगै  कान्छी प्रथम ह्योल्मो महिला आरोहीको रुपमा आफ्नो नाम राख्न सफल भइन् ।  सिन्धुपाल्चोक हेलम्बु गा.बि.स. धाक्पाखर्क स्थाई घर भएकी कान्छीलाई  वैदेशिक रोरगारको  क्रममा इजरायल पुग्दा विदेशीहरूले सगरमाथाको देशमा रहेर पनि सगरमाथा नचढेको भनी आश्चर्य मानेसँगै सगरमाथा आरोहणको मोह जागेको हो । ह्योल्मोको तर्फबाट सगरमाथा आरोहण गर्ने प्रथम आरोही पुरुष भने  सिड़्गी ह्योल्मो हुन् ।

प्रतिक्रिया दिनुहोस्