Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

प्रेस संगठनले गरर्यो आर्थिक बर्ष ०७६,७७ को बजेटको स्वागत



काठमाडौं । प्रेस संगठन नेपालले अर्थमन्त्री डा. युवराज खतिवडा प्रस्तुत गर्नु भएको र्थिक बर्ष ०७६,७७ को बजेटको स्वागत गरेको छ । लोककल्याणकारी बिज्ञापन बृद्धि, पत्रकार बृत्तिकोषसहित बजेटले आमसञ्चार क्षेत्रको समग्र बिकाशका लागि सकारात्मक भुमिका निर्वाह गर्ने ठहरसहित स्वागत गरेको हो ।

संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले बिज्ञप्ती जारी गरी बजेटको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई धन्यवाद दिएको छ ।

प्रेस संगठन नेपाल बर्तमान सरकारको यस कदमको सराह्राना र स्वागत गर्दै कडाईका साथ कार्यान्वयन गर्न आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्