Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

बजेट जनचाहनाविपरीत भएको कंग्रेसको आरोप



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याइएको बजेट जनताको चाहनाविपरीत भएको आरोप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले बुधबार संसदमा प्रस्तुत बजेटले जनचाहनाविपरीत भएको निष्कर्ष निकालेको हो । कांग्रेसका अनुसार बजेट रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने र उत्पादन वृद्धिभन्दा पनि जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको छ ।

बैठकमा कांग्रेस सांसदहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने बताएका थिए । कांग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँ बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्