Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली प्रस्थान



काठमाडौं । प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँ दिल्ली गएका हुन्।

ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायत छन् । मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए।
यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रलाई निम्त्याएका छन्।

प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। दुई दिने दिल्ली भ्रमण सकेर ओली शुक्रबार दिउँसो स्वेदश फर्किने छन्।

प्रतिक्रिया दिनुहोस्