Logo
१८ असार २०७८
(Friday 2nd July 2021)

११ सय ९ सभासद विभूषित



सरकारले एक हजार एक सय नौ जना सभासदलाई संविधानसभा पदक प्रदान गर्ने भएको छ। दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना हुने विषेश कार्यक्रममा संविधानसभा पदक वितरण गर्न लागेकी हुन् ।पदक पाउनेमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम छ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको नाम छ। त्यस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा रहेको छ भने अन्य सभासदको नाम वर्णानुक्रमअनुसार राखिएको छ।

संविधानसभामा प्रतिनिधित्व गरेका सबैजसो सभासदलाई संविधानसभा पदकले विभूषित गर्न लागिएको हो। जसमा नेत्र बिप्लव चन्द नेतृत्वका नेतादेखि भ्रष्टाचारको मुद्धा चलिरहेका दुई पूर्वमन्त्री टेकप्रसाद गुरुङ र बद्री न्यौपानेसमेत छन्।

प्रतिक्रिया दिनुहोस्