Logo
१९ असार २०७८
(Saturday 3rd July 2021)

अढाई वर्षीय बालकको अपहरण गरी हत्या



सांकेतिक तस्बिर

अढाई वर्षीय बालकको अपहरणपछि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीले हत्याको अभियोगमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई बुधबार नियन्त्रणमा लिएको हो।महतोले २३ वैशाखमा  धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भुकुमार साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समीर कुमार साहको अपहरणपछि  हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। वैशाख २४ का दिन बालकको शव आफ्नै घर नजिकै रहेको खेतको झाडीमा धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

महतोले बालककी आमा रेणुदेवी घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी अपहरण गरेको प्रारम्भिक अनुसन्धामा खुलेको प्रहरी श्रोतले जनाएको छ । अन्धविश्वासमा शत्रुधनले बालकलाई बली दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि प्रहरीले जनाएको छ ।  मृतकका हजुरबुबा पीताम्बर साहले शत्रुधनका नाममा अपहरण गरी शरीर बन्धक कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्। प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्