Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

ब्राजिलमा जेलभित्र ४२ जना कैदी मृत फेला



उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन्। जेलभित्र समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो।एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको अधिकारीहरूले बताएका छन्। ब्राजिलियन अधीकारीहरुका अनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको बीबीसीले जनाएको छ।

निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ। अवरोध नियन्त्रणका लागि एउटा कार्यदल पठाइएको अधिकारीहरूले बताएका छन्।ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबारको घटनामा अन्य कैयौं कैदी घाइते भएका छन्। सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्सियरी कम्पलेक्समा आइतबार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो।अधिकारीहरूका अनुसार कैदीलाई तीखा ब्रसले घोचिएको थियो भने घाँटी थिचिएको थियो। कैदीका आफन्तले समेत देखेको सप्ताहन्तमा भएका घटनाबारे छानबिन भइरहेको बताइएको छ।दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिने गरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेलमा भएका नराम्रामध्येको एक घटनाका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्